बझाङ, २९ बैसाख । बझाङ जिल्लामा सवारी दुर्घटना न्युनिकरण सम्वन्धी जनचेतनामूलक कार्यक्रम आज बाट सुरुभएको छ । सनिवार जिल्लाको जयपृथ्वी नगरपालिकाका वडा नँ ८ सिमखेतको बसपार्कमा जनचेतना मुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सवारी दुर्घटना कसरी कमगने भन्ने बिषयमा बिभिन्न कार्यक्रम गर्नुका साथै सवारी दुर्धटना कसरी कम गने भन्ने बिषयमा पनी छलफल भएको छ । जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बझाङ र जिल्ला ट्राफिक सिमखेतको आयोजनामा बसपार्कमा सँचालन भएको हो । कार्यक्रममा पछिल्लो समयमा जिल्लामा वढी दुर्घटना बढेको भन्दै,प्रहरी निरीक्षक ईन्सपेक्टर कमल प्रशाद चौधरिले भने, अवका दिनहरुमा कहि कसैले विना लाईसेन्स गाडी चलाएको भेटाए , जथाभावी अनावश्यक रुपमा यात्रुहरुलाई अनाआवस्यक दुख दिने काम गरे कडा भन्दा कडा कार्वाही गरिने बताए ।
जिल्लामा शान्ति सुरक्षा बारे बोल्दै अर्का प्रहरी नायव निरिक्षक खेम बहादुर खत्रीले भने, तपाई हामी प्यासेन्जर देखि लिएर ड्राइभरहरुले पनि सचेत हुन जरुरी रहन आवस्य रहेकोे भन्दै , वर्षादयाममा अप्ठ्यारो सडक सञ्जाल तथा ग्रामीण सडक खण्डमा सवारी साधानहरु कम चलाउन चलाउनै परेमा होसीयारी पुर्वक चलाउन आग्रह गरे । कार्यक्रममा नेपाल प्रहरी ट्रफिक , वस जिपहरुका चलक सहचालक ,पत्रकार ,लगाएत अन्य स्थानिय जनसमुदाएको उपस्थिति रहेको थियो । विभिन्न सडक चोक, गल्ली देखि लिएर विध्यालयमा पनि कार्यक्रम सँञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सुर्यबहादुर केसीले बताए ।








प्रतिक्रिया दिनुहोस्