ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त


एबीसी न्यूज
बैशाख २०, २०७६ शुक्रबार  ८ : ३३ बजे

रुपन्देही, २० वैशाख । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई तीव्र आर्थिक विकासको बाटोमा अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । समष्टिगतरूपमा प्रदेशको विकासलाई अगाडि बढाउन छलफल आयोजना गरिएको उहाँको भनाइ थियो । दुई दिनसम्म चल्ने कार्यक्रममा बजेटको प्राथमिकता र क्षेत्रका बारेमा छलफल हुनेछ ।

योजना आयोगले आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासन र सुरक्षाजस्ता अन्तरसम्बन्धित क्षेत्र छुट्याएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमबारे सरोकारवालाको राय लिन कार्यक्रम आयोजना गरिएको हो । साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठूला योजनामा लगाउनुपर्ने सदस्यहरूको जोड छ ।

छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनालाई समेट्ने गरी बजेटमा योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकासबाटै भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

आज पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने

सम्बन्धित

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

मध्यपूर्वमा भूकम्प : इरान युद्ध ७२ घण्टामै दर्जनौं देशमा फैलियो

तराई मधेशमा आज होली पर्व मनाइँदै

सुरु भयो मौन अवधि, के–के गर्न छ निषेध ?

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com