ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका विश्वप खेल्नबाट बञ्चित, ट्रिनिडाड एण्ड टोबागोसंग २–१ ले पराजित


admin
आश्विन २६, २०७४ बिहीबार   १२ : ०४   बजे

काठमाण्डौं , २६ असोज । अमेरिका आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुनु निकै दुःखको कुरा रहेको र यो अमेरिकी फुटबलका लागि अँध्यारो पाटो बन्ने अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् ।

विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेको हो । अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको हो । अमेरिकालाई लगातार आठौं पटक विश्वकपको यात्रा तय गर्नका लागि अन्तिम खेल बाँकी हुँदा एक अंक मात्रै चाहिएको थियो । तर छनौट चरणका अघिल्ला ९ खेलमा एक खेल मात्रै जितेको ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएर विश्वकप यात्रा गुमाउनु समग्र अमेरिकी फुटबलका लागि राम्रो नरहेको उनले बताएका छन् ।

अमेरिकी टिमको कमजोरीका कारण छनौट हुन नसकेको उनले आरोप लगाएका छन् । अमेरिकी टिमका मुख्य प्रशिक्षक बु्रस एरिनाले हारको जिम्मेवारी लिएका छन् । तर आफू र टिमले गरेको काम तथा नीतिमा कुनै कमजोरी भने नरहेको उनले दाबी गरेका छन् । तर अमेरिकी फुटबलको प्रशासकीय निकायका १७ निर्देशक मध्ये एक डोन्ना इ. शालालाले असफलता स्वीकार्य नरहेको र अब ठूलो परिवर्तनको समय आएको बताएका छन् । उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट अमेरिका छनौट हुन नसक्दा पानामाले पहिलोपटक विश्वकपमा स्थान बनायो भने होण्डुरसले प्ले–अफमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, ब्ल्याकलिस्टका कारण विदेश यात्रा रोकियो

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group