सुनको भाउ ह्वात्तै घट्यो,कति पुग्यो मुल्य ?



काठमाडौं,२७ चैत । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । सुनको भाउ बुधबार तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १ सय कारोबार भइरहेको हो । मंगलबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ भने, चाँदी आज तोलामा रु १० घटेर ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All