ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वितरण प्रणाली भद्रगोल : पूर्वप्रधानमन्त्री भट्टराइ


admin

काठमाडौं,२५ चैत । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले नेपालको बजेट वितरण प्रणाली भद्रगोलरुपमा हुने गरेको उल्लेख गर्नुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत रहेको अर्थ समितिको आजको बैठकमा उहाँले नेपालको बजेट प्राथमिकताका आधारमा नभई पहुँच र भनसुनका आधारमा वितरण हुने गरेको जिकिर गर्नुभयो ।

समितिले पूर्वबजेटका सन्दर्भमा सांसदको रचनात्मक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको सो छलफलमा पूर्वप्रधानमन्त्री भट्टराइले सीमित स्रोत र साधनको अधिकतम परिचालन गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, समयमा पूँजीगत खर्च गर्नुपर्ने र अनावश्यक ठाउँमा बजेट विनियोजन गर्न नहुनेमा जोड दिनुभयो ।

संविधानको धारा ११९ ले प्रत्येक वर्षको जेठ १५ गतेभित्र राजश्वको आयव्यय विवरण बजेट संसद्मा पेश गरिसक्नुपर्ने प्रावधान किटान गरेको छ । उक्त अवधिलाई गणना गर्दा सरकारले आगामी आर्थिक वर्ष ०७६-०७७ को बजेट पेश गर्ने समय जम्मा ४५ दिन बाँकी छ । छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय, प्रदेश, निजी क्षेत्र तथा सर्वसाधारण जनताको धारणा बुझेर बजेट ल्याउनुपर्ने बताउनुभयो ।

समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा बसेको आजको बैठकले प्रमुख भन्सार कार्यालय राष्ट्रिय गौरवका आयोजनाको स्थलगत भ्रमण स्थानीय तथा प्रदेश सरकार एवं निजी क्षेत्र र सर्वसाधारण जनताको रायसुझाव सङ्कलन गरी प्राप्त निचोडलाई बजेटमा समावेश गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com