ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित सकियो


एबीसी न्यूज
चैत्र २१, २०७५ बिहीबार   ६ : ४०   बजे


काठमाडौँ, २१ चैत  राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो ।

आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य पारिभाषित गरिनुपर्ने, आर्थिक वृद्धिदर यकिन गर्नुपर्ने, विकासको कुन मोडल अपनाउने भनेर निर्धारण गर्नुपर्ने, प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने, अनुगमन तथा मूल्यांकन सबल बनाउनुपर्ने, तीनखम्बे अर्थनीति अनसार सहकारीलाई अझ परिष्कृत बनाउनुपर्ने आदि सुझाव बैठकका क्रममा आएका छन् । त्यस्तै, गौरवका आयोजनाको गति बढाउनुपर्ने, अर्थतन्त्रमा कृषिको योगदान बढाउनुपर्ने, आयात घटाएर निर्यात बढाउनुपर्ने, तथ्यांक बलियो बनाउनुपर्ने, निर्वाचन खर्च कम गर्नुपर्ने, रिसोर्स बैंकिङ स्थापना गर्नुपर्ने आदि सुझाव पनि बैठकका क्रममा आएको बताइएको छ ।

बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सभ्य र समुन्नत समजको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुशायन कायम गर्ने दृढता व्यक्त गरे । सामाजिक न्याय र विभेद अन्त्य गर्ने संविधान निर्माण भएको र समाजवाद उन्मुख व्यवस्था लागु भएको उनको भनाइ थियो । बैठकका क्रममा प्लेनरी सेसनमा २६ जना वक्ताले प्रस्तुतीकरण गरेका थिए भने १७८ जनाले सुझाव पेश गरेका थिए । ६ समूहमा ३ सयजना विज्ञले विभिन्न विषयमा छलफल गरेका थिए । दुई दिने बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, संसदीय समितिका सभापति तथा विज्ञहरु सहभागी थिए ।

आधारपत्रमा आएका सुझाव समेटर अन्तिम रुप दिइने र योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट पास गरिने प्रम ओलीले जानकारी दिए । आगामी आवको बजेटमा यसलाई समावेश गरिनेछ ।

यो योजनालाई सफल बनाउन आयोगले सातै प्रदेशस्तरमा छलफल चलाएको थियो भने विज्ञ, सामाजिक क्षेत्रका विभिन्न समूह, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्र, विकास साझेदार संस्था, सञ्चार क्षेत्र, नागरिक संगठनहरुसँग पनि योजनाको आधारपत्रको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको थियो ।

नेपालको दीर्घकालिन सोचमा आधारित रहेको पन्ध्रौं योजनाले औसतमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । योजनाले सूचना प्रविधिको विस्तारसँगै कृषि, उत्पादनमूलक उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group