ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चमत्कारीक योजना सहित ग्राहक तान्दै एन आई सी एसिया बैंक


sharan sharan
चैत्र २१, २०७५ बिहीबार   २ : २३   बजे

बुटवल, २० चैत्र ।
एन आई सी एसिया बैंकले आफ्नो २ औ वार्षिक उत्सव पारेर आक्रमक कार्यक्रमका साथ निक्षेप संकलनको कार्यक्रम अगाडी सारेको छ ।
बैंकका देशैभरीका शाखाहरुमा एकै पटक कार्यक्रम गर्दै बैंकले २२ वटा बिशेषताहरु सार्वजानीक गरेको छ । एन आई सि एसिया बैंकको प्रदेश नम्बर ५ को प्रदेश कार्यालयले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै २२औं बार्षिक उत्सवका २२ बिशेषताहरु सार्वजानीक गरेको हो । आज सार्वजानीक गरिएको बिशेषताहरुमा चमत्कारीक बचत खाता, चमत्कारीक नारी बचत खाता, चमत्कारीक जेष्ठ नागरिक बचत खाता, चमत्कारीक बाबुनानी खाता, लगायत रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रदेश नम्बर ५ का ब्यवस्थापक तिलक सुन्दर कार्कीले आफ्ना ग्राहकहरुलाई बैंकले १८ प्रकारका प्राणघातक रोगको उपचार तथा १५ लाख सम्मको दुर्घटना बिमा बंैकले नै ब्यवस्था गरिदिएको जानकारी दिनुभयो ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदासहित ल्याइएको योजनालेसबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।
यी चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेका २ सय ८१ वटै शाखा कार्यालय तथा अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा अन्य अतिरिक्त योजना पनि छन् । जसमा नेपालमै पहिलो पटक स्वाईप इनस्वाईप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन । देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदासमेत प्रदान गरिने गरी चमत्कारिक बचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ ।
त्यसैगरी, चमत्कारिक विद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजनाहरु पनि बैंकले ल्याएको छ ।
बैंकका मुलुकभर कुल २ सय ८१ वटा शाखा, २ सय ८९ वटा एटिएम, ३९ वटा एक्सटेन्सन काउन्ट र २३ वटा शाखा रहित बैंकीङ्ग एकाई रहेका छन् ।बैंकका अनुसार एन आईसी एसिया बैंकको प्रदेश नम्बर ५ मा मात्र ५१ शाखाबाट १९ अर्व लगानी गर्दै १३ अर्व निक्षेप संकलन गरेको छ । प्रदेशमा बैंकका १ लाख ३० हजार ग्राहकहरु रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group