ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौरीपालनबाट वार्षिक रु २५ लाख आम्दानी


admin
आश्विन २२, २०७४ आईतबार  ३ : ३२ बजे
पर्वत, २२ असोज । यहाँको एक विकट गाउँका कृषकले मौरीपालन व्यवसायबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

पर्वत सदरमुकाम कुश्मासँगै जोडिएको बलेवास्थित अमलाचौर–३ का डिलबहादुर खत्रीले व्यावसायिक मौरीपालनबाट सो आम्दानी गर्न सफल भएका हुन् ।

विगत डेढ दशकदेखि मौरीपालन व्यवसाय गर्दै आएका खत्रीको परिवारमा अहिले झण्डै १०० घार मौरी रहेका छन् । अमलाचौरमै बलेवा मौरीपालन उद्योग खोलेर व्यवसाय शुरु गरेको खत्री परिवारले मौरीका घार, खाली घार र मह बिक्री गरेर वार्षिक रु २५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको हो ।

आफ्नै घर वरिपरिको पाँच रोपनी क्षेत्रफलमा व्यवसाय गरेका खत्रीले यसलाई अझै बढाउने योजना बनाएका छन् । उहाँ धौलागिरि अञ्चलकै नमूना मौरीपालक कृषकका रुपमा चिनिनुभएको छ ।

उक्त उद्योगबाट वार्षिकरुपमा झण्डै साढे छ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ७५० छ ।

त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रति खाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २०० वटासम्म बिक्री गर्ने गरेको खत्रीका छोरा जीवनबाबु खत्रीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि कतार पुग्नुभएका खत्री पनि गाउँमा जति कमाइ गर्न नसकेपछि पुनः घरमै फर्केर बाबुकै पेशा अँगालेर बस्नुभएको छ ।

दश जनाको संख्यामा रहेको खत्रीको परिवार अहिले पूरै मौरीपालन व्यवसायमा सक्रिय छन् । मौरीको हेरचाह गर्ने, घार निर्माण गर्ने, दाना खुवाउने र मह काढ्ने कामले उनीहरुलाई भ्याइनभ्याइ छ । घरमै बसेर वार्षिक रु २५ लाखसम्म आम्दानी हुन्छ, किन विदेश जानुप¥यो जीवनबाबु भन्नुहुन्छ, “अब यही व्यवसायलाई आधुनिकीरण गरेर अझै बिस्तार गर्ने योजना छ ।”

सो व्यवसायका लागि जिल्ला कृषि विकास कार्यालयले समेत विभिन्न समयमा तालीम तथा प्राविधिक सहयोग र घारसमेत दिने गरेको उहाँले बताउनुभयो । “आफ्नो उद्योगमा उत्पादित मह र घार गाउँमै तथा कुश्माबजार, बागलुङ बजार र पोखरासम्म पनि जाने गरेको जीवनबाबुले जानकारी दिनुभयो ।

“उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”– उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” प्रत्येक तीन÷तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको खत्रीले जानकारी दिनुभयो । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । .

परिश्रम गर्ने हो भने जुनसुकै व्यवसायबाट पनि सफलता प्राप्त गर्न सकिँदो रहेछ २७ वर्षीय जीवनबाबु खत्री भन्नुहुन्छ, “यो व्यवसायबाट हाम्रो परिवार निकै सन्तुष्ट बनेको छ ।” उक्त व्यवसायबाट भएको कमाइले विभिन्न शहरबजारमा घरघडेरीसमेत जोडिसकेको पनि उहाँले बताउनुभयो ।

मौरीमात्र हैन उक्त परिवारले गाउँमै माछापालनसमेत गरेको छ । दुई वटा पोखरीमा कमन, नैनी र ग्रास जातका माछापालन गरेका छन् ।

त्यस्तै व्यावसायिक तरकारी र गोँलभेडा खेती पनि गर्दै आएको खत्री परिवारले विकट गाउँका बासिन्दालाई सेवा दिने उद्देश्यले खाद्यान्न कुटनीपिसानी मिलसमेत सञ्चालन गर्दै आएको छ ।

आफ्नो परिवारमात्र नभई यो व्यवसायमा अन्य चार जनालाई रोजगारीसमेत दिएको खत्री अहिले जिल्लाकै नमूना कृषक बन्न सफल भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com