ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको अन्त्य : अर्थमन्त्री खतिवडा


admin

काठमाडौं,१५ चैत । अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निधक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गुर्नभएको छ ।

राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकार संगै मुलुकमा संघियताको सफल कार्यान्वयन भईसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको हो ।

लगानी सम्मेलनका संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निधक्र्कका साथ लगानी गर्न आग्रह गर्नुभयो ।

सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी नीजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पुर्वाधार निर्माण, औद्योगिकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरि आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको स्पष्ट पार्नुभयो ।

उहाँले दोहोरो अंकको आर्थिक वृद्धि हासिल संगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको र सोही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउदै लगिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

प्रचण्डले रोल्पाको थबाङदेखि बागलुङको ढोरपाटनसम्म के के गरे ?

तीन निर्माण कम्पनी परे कालोसूचीमा

माओवादीबीच एकताको पहल गर्न प्रचण्डलाई रुकुमपूर्वको आग्रह

गभर्नर नियुक्त भएपछि विश्व पौडेलले भने– वित्तीय क्षेत्रको स्थिरता सुनिश्चित गर्नु मेरो प्राथमिकता

विश्व पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

विनिमय दर : कुन विदेशी मुद्राको भाउ कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com