ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा सुधार ,दुई अङ्कले बढ्यो


admin
चैत्र १४, २०७५ बिहीबार   ५ : २१   बजे

काठमाडौं,१४ चैत । शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ । 

कूल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता शेयर रु १४ करोड ५९ लाख ११ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका दश उपसमूह मध्ये आज चार उपसमूहको शेयर धने घटेका छन् । यस्तै छ उपसमूहको शेयरमा भने वृद्धि भएको छ ।

बैंकिङ १.३८, निर्जीवन बीमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बीमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् । 

कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु दुई करोड ६२ लाख ८४ हजार ८१६ मूल्यमा खरीद बिक्री भयो । यस्तै प्रभु बैंकको रु एक करोड २३ लाख २३ हजार ३५१, नेपाल लाइफ इन्स्योरेन्सको रु ९९ लाख ७६ हजार ५०४, बैंक अफ काठमाडौँ रु ९३ लाख ५५ हजार ३३०, एनएमबी बैंकको रु ८६ लाख ४६ हजार ५२५ मा कारोवार भइ शीर्ष स्थानमा रहेका छन् । 

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फण्ड एक ४.७३, नबिल इक्विटी फण्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार प्रतिशतले कमाएका छन् । 

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group