ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए राज्य कोषमा फिर्ता :मन्त्री बास्कोटा


admin

काठमाडौं,७ चैत । सरकारले विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए स्वतहः राज्य कोषमा फिर्ता हुने कानुनी व्यवस्था गर्न लागेको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले विज्ञापन बोर्डबाट वितरण गर्न लागिएको विज्ञापनसम्बन्धि बजेट खर्च नभए स्वतहः राज्यकोषमा फिर्ता हुने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो ।

बिहीबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले विज्ञापनका लागि खर्च नभएको बजेटलाई निष्क्रिय हुन नदिन पनि सरकारले सो बजेटलाई राज्य कोषमा फिर्ता गर्ने कानुनी व्यवस्था गर्न लागेको पनि स्पष्ट पार्नु भयो ।

हाल करिव ४ अरव बजेट विज्ञापनका लागि विनियोजन गर्ने गरेको छ । त्यसमा खर्च नहुने अवस्था पनि आएकाले खर्च नभएको बजेट स्वतः राज्य कोषमा फिर्ता हुने प्र्रस्ताव सो विधेयकमा समावेश गरिएको छ ।

मन्त्री बास्कोटाले राज्य कोषमा फिर्ता हुने भएपछि विज्ञापन बोर्डले पनि सो बजेट खर्च गर्न सक्रियता देखाउने पनि स्मरण गराउनु भयो । विधेयकमा विज्ञापन बोर्डले आफ्नो कोषमा छुट्टयाएको बजेटको लेखा प्रणाली महालेखा परीक्षकको कार्यालयबाट गराउने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

शिक्षकका समस्या तीन दिनभित्र समाधान गर्न सरकारलाई सर्वोच्चको आदेश

एनआरएनएलाई सर्वोच्चको चेतावनी : अदालतको आदेश पालना गर्नुस्

अहिलेको व्यापार युद्ध यसअघिभन्दा कसरी फरक छ ?: न्यूयोर्क टाइम्स

खनाल आयोगले निष्कर्ष : नियमनकारी निकायहरू स्वार्थ–समूहको कब्जामा, १२ मुख्य बुँदा, समाधानका ५ कोण

चीनसँग गहिरिँदो व्यापारिक लडाइँले अमेरिकी किसानहरूलाई नयाँ खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com