ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालले रगत खपतबारे सरकारलाई रिपोर्टिङ गर्दैनन्


admin

काठमाडौ,२२ फागुन ।  सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्नेलगायतका यकिन तथ्याङ्क कुनै निकायसित छैन । 

अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी (रिपोर्टिङ) गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ गर्दैनन् । तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको तत्व बिरामीका शरीरमा नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन । 

सबैभन्दा बढी चिकित्सा विज्ञान अध्यन प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा रगतको खपत हुने बताइन्छ । विशेष गरी मिर्गाैला प्रत्यारोपण, क्यान्सर, गर्भवती महिला, दुर्घटनालगायतमा रगतको माग धेरै हुने गर्दछ ।

सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालमा आफ्नै रक्त सञ्चार सेवा सञ्चालन रहेका छन् । अर्काेतर्फ रगतको ‘एन्टिबडी टेष्ट’ नेपालमा शुरुआत हुन सकेको छैन । 

यसैबीच केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले रगत सुपरीवेक्षण प्रतिवेदन (हेमोभिलिजेन्स )२०१८ सार्वजनिक गरेको छ । सुरक्षित रगत सङ्कलन, भण्डारण, परीक्षण, रगततत्वको निर्माणलगायतदेखि बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ । 

दुई सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग, शहीद गङ्गालाल हृदयरोग तथा दुई निजी क्षेत्रका ओम र नेशनल क्यान्सर अस्पताललाई सो प्रतिवेदनका लागि छनोट गरिएको थियो तर शहीद गङ्गालाल हृदयरोग र ओम अस्पताले प्रतिवेदनका लागि तथ्याङ्क उपलब्ध नगराएको प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाका निर्देशक प्रा डा हरिशचन्द्र उप्रेतीले प्रतिवेदन सार्वजनिक गर्दै रगत जीवन बचाउने औषधि भएकाले यसको सुरक्षामा ध्यान दिन आग्रह गर्दै रगतलाई कसरी सुरक्षित गराउने भन्ने विषयमा प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मापदण्ड बनाएको बताउनुभयो । 

रक्त सञ्चार सेवालाई अझ गुणस्तर बनाउने ध्येयले अध्ययन प्रतिवेदन कार्य शुरुआत भएको जानकारी दिँदै उहाँले अगामी दिनमा सरकारी तथा निजी क्षेत्रका अस्पतालमा रहेका रक्त सेवा हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो ।

प्रयोगशालाका विज्ञ डा रेखा मानन्धरले प्रतिवेदनमा रिपोर्टिङ भएका दुई अस्पतालबाट एक हजार १२ रगतका नमूना आएको जानकारी दिनुभयो । प्रयोगशालाका पूर्वनिर्देशक डा गीता शाक्यले सबै अस्पताल हेमोभिजिलेन्स कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com