ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा विपद् व्यवस्थापन योजना तयार


admin



रुपन्देही, २० फागुन ।  बुटवल उपमहानगरपालिकाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि योजना तयार गरेको छ ।

उपमहानगरपालिले स्थानीय विपद् तथा जलवायु उत्थानशील समितिको छलफल, स्थानीयवासीसँगको अन्तक्र्रिया र सरोकारवालाको सुझावका आधारमा प्रकोपको पहिचान तथा स्तरीकरण गरी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको हो । 

केन्द्रीय रेडक्रस समन्वय समितिको प्राविधिक सहयोगमा सम्भावित विपद्को जोखिम कम गर्न र विपद्को अवस्थामा प्रभावकारी मानवीय सहायता उपलब्ध गराउन सो योजना तयार पारिएको उमहानगरपालिकाका प्रकोप व्यवस्थापन शाखा प्रमुख विजयदेव भुर्तेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपमहानगरका १९ वटै वडामा विपद् व्यवस्थापन समिति गठन गरी बुुटवलको विपद् के हो, विपद्को जोखिममा रहेका वडाबारे अध्ययन गरी योजना बनायौ ।” 

उपमहानगरपालिकामा सबैभन्दा धेरै बाढी, पहिरो, हैजा, डेङ्गुजस्ता विपद् जोखिमको समस्या देखिएको छ जसमध्ये बाढी र डेङ्गु प्रमुख प्रकोपको रुपमा देखिएका छन् । भौगौलिक अवस्था, उपलब्ध क्षमता र सङ्कटापन्नताका आधारमा सबै वडा मिल्दाजुल्दा भए पनि दक्षिणी क्षेत्रमा प्रकोपको जोखिम बढी देखिएको शाखा प्रमुख भुर्तेलले बताउनुभयो । 

उपमहानगरपालिकाको विपद्को ऐतिहासिक विवरण, समुदायको अनुभव, वर्तमान जोखिमको अवस्था र सङ्कटापन्नताको आधार, प्रकोप तथा यसका जोखिम र जलवायु परिवर्तनको प्रभावलाई विश्लेषण गर्दा मुख्य रुपमा भूकम्प, बाढी, पहिरो, विभिन्न महामारी, सडक दुर्घटनाको बढी जोखिमा देखिएको छ ।

साथै लागू औषध दुव्र्यसनी, आगलागी, डढेलो, विद्युत् करेन्ट, सर्पदंश, छाडा चौपाया, हावाहुरी, खडेरीजस्ता प्रकोपको जोखिम बढिरहेको जनाइएको छ । स्वास्थ्य समस्यामा प्रजनन स्वास्थ्य समस्या, छालाजन्य रोग, झाडापखाला, लागुऔषध दुव्र्यसनी र घरेलु हिंसा दोस्रो समस्याको रुपमा स्तरीकरण गरिएको छ । बढ्दो सवारी चापका कारण हुने गरेको सवारी दुर्घटनालाई तेस्रोे जोखिमको रुपमा लिइएको छ । 

त्यस्तै विद्युत् चौथो, आगलागी र शीतलहर पाँचौँ, हावाहुरी छैठौंँ, सर्पदंश सातौँ, पहिरो आठौँ र त्यसपछि क्रमशः तातोहावा, चट्याड।,जङ्गली जनावर र कुकुरको टोकाइको समस्या नवौँ नम्बरमा स्तरीकरण गरिएको छ । 

उपमहानगरपालिकाका अनुसार नेपालको भौगोलिक अवस्थिति, विगतको अनुभव र भविष्यमा हुनसक्ने सम्भावनाको आकलन र सरकारको नीतिगत व्यवस्था अनुसार भूकम्पको जोखिमलाई स्तरीकरणमा नराखिएता पनि यस जोखिमलाई पहिलो जोखिमको रुपमा लिइएको छ । 

उपमहानगरमा अहिलेसम्म प्राकृतिक तथा मानव सिर्जित घटना के के घटे, विपद्को जोखिम भएका वडा कुन कुन हुन, कुन रोगको महामारी छ, जनसाङ्ख्यिक र भौगौलिकस्तरमा कहाँ जोखिम छ, भनी प्रत्येक वडा स्तरमा कार्यक्रम तथा छलफल गरेर विपद् व्यवस्थापन योजना बनाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यस योजनाका आधारमा उपमहानगरपालिकाले प्रकोप जोखिम न्यूनीकरण तथा पूर्व तयारीका गतिविधि सञ्चालन गर्छ । ” विपद्को जोखिम न्यूनीकरणमा समुदायको सहभागिता बढाउन, सामाजिक सांस्कृतिक मर्यादा राखी प्रति कार्यमा प्रभावितको समान पहुँच सुनिश्चित गर्न र विपद् पश्चात प्रभावितको उचित व्यवस्थापन गर्न योजनाले मार्ग निर्देशन गर्ने प्रमुख सुवेदीको भनाइ थियो ।–

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नाम-ठेगानासहित)

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com