ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाका सबै वडामा इन्टरनेट जडान भएपछि ..


admin


बाजुरा, २० फागुन ।  जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ । 

सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक वडामा इन्टरनेट सुविधा जडान गरेको नगर प्रमुख पदम बडूवालले बताउनुभयो । 

कम्प्युटरमा सफ्टवेयरको प्रयोगका लागि इन्टरनेट सुविधा आवश्यक भएको र समयानुकूल सार्वजनिक सेवा छिटोछरितो र सहज किसिमले प्रदान गर्नुपर्ने हुँदा विशेष महत्वका साथ इन्टरनेट जडान गरिएको प्रमुख बडूवालले जानकारी दिनुभयो । 

ई–बडिमालिका नगरपालिका सहितको नारा लिएर इन्टरनेट जडानको योजनालाई पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाका उप प्रमुख कविता विष्टले बताउनुभयो । 

“सबै वडामा कम्प्युटरको माध्यमबाट कामकाज सञ्चालन गर्ने बडिमालिका जिल्लामै पहिलो नागरपालिका भएको छ”, बडिमालिका नगरपालिकाका प्रशासकीय अधिकृृत हीरालाल भण्डारीले भन्नुभयो, “वडा कार्यालयमै इन्टरनेट सुविधा हुँदा दैनिक कामकाज सहज भएको छ ।” 

“चिठीपत्र बोकेर पु¥याउनुपर्ने, लिखित कागजात बोकेर आदानप्रदान गर्नुपर्ने र सेवाग्राहीलाई पनि केही सच्याउनुपर्ने समस्या भए केही दिन कुर्नुपर्ने अवस्था थियो तर प्रविधिमैत्री वडा कार्यालय बनाएसँगै यी सबै समस्या समाधान भएको छ”, सो नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतले बताउनुभयो । 

सेवाग्राहीलाई छिटोछरितो, सहज र पारदर्शी सेवा प्रवाहका लागि नगरपालिकाले प्रविधिमैत्री वडा निर्माणमा विशेष महत्व दिएको नगरपालिकाका सूचना अधिकृत हेमबहादुर थापाले बताउनुभयो । 

इमेल इन्टरनेट सञ्चालन गर्नका लागि मात्रै होइन, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ताको लगत संकलन, विभिन्न तथ्याङ्क दाखिला गर्नदेखि वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधा प्रदान गर्नका लागि इन्टरनेट सुविधा जडान गरिएको छ । यसले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको बडिमालिका नगरपालिका– १ का वडा सचिव मदन दानीको भनाइ छ । 

प्रत्यक वडा कार्यालयमा मात्र नभइ नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था लगायतका क्षेत्रमा पनि इन्टनेटको सुविधा जडान गर्ने नगरपालिकाको लक्ष्य छ । इन्टरनेटको माध्यमबाटै नियमन र निगरानी समेत नगरपालिकाबाटै गर्न सक्ने गरी आवश्यक तयारी गरिएको नगर प्रमुख पदम बडूवालले बताउनुभयो । 

प्रविधि जडान प्रक्रिया खर्चिलो भए पनि सार्वजनिक सेवा सहज र प्रभावकारी रुपमा प्रवाह गर्नका लागि सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । यसकै माध्यमबाट विद्युतीय हाजिरीदेखि कर्मचारी आएको नआएको, समयमा सेवा प्रवाह गरेको नगरेको, सेवाग्राहीसँग कर्मचारीको व्यवहार राम्रो गरेको नगरेको तथा विद्यालयमा पढाइ भए नभएकोजस्ता कार्यको निगरानी गर्नका लागि नगरपालिकाले यो अवधारणा अघि सारेको प्रमुख बडूवालले बताउनुभयो । 

नगरपालिकाभित्रका सबै काम पेपरलेस र डिजिटलाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई– सूचना प्रणाली समेत जडान गर्ने कार्यलाई अगाडि बढाएको छ । अहिलेको प्रविधिको युगमा जुनसुकै काम गर्दा पनि इन्टरनेट सेवा आवश्यक हुने गरेको छ । 

इन्टरनेट जडानसँगै सदरमुकाम मार्तडी आएर बस्ने, नगरकार्यालयमै कामकाज गर्ने वडा कर्मचारी र वडाध्यक्ष पनि वडा कार्यालयमै बस्न थालेका छन् । विश्व दुनियाँसँग साक्षात्कार हुन इन्टरनेटले सुविधा दिएपछि मार्तडी आउन आवश्यक नरहेको वडा नं ५ का वडाध्यक्ष बलबहादुर थापाले बताउनुभयो । 

प्रविधिले कामलाई मात्र छिटो र सहज बनाएको छैन्, सेवाग्राहीको आवातजावतमा लाग्ने खर्चमा समेत कमी ल्याएको छ भने आवश्यक ज्ञान सीप सिक्नमा समेत अवसर दिने गरेको जनप्रतिनिधिको भनाइ छ । 

नगरपालिकाभित्र रहेका १, ७, ५ र ६ नं वडा बढी दुर्गममा पर्दछन् । सेवा जडानपछि टाढाका वडा कार्यालयमा पनि सदरमुकाम भित्रकै जस्तो अनुभूति हुने गरेको कर्मचारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com