ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा घरमै बच्चा जन्माउँदा एक किशोरीको मृत्यु


admin
फाल्गुन १९, २०७५ आईतबार  १ : १२ बजे

लमही, १९ फागुन ।  घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो । 

शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिनुभयो ।

‘‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’’ उहाँले भन्नुभयो, “अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौं ।” सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । 

व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस् भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताउनुभयो । साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उहाँको भनाइ थियो । 

स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताउनुभयोे । 

आफूहरुले गर्भवती महिलालाई नियमित जाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै कतिपय स्वास्थ्य संस्था नआउने गरेको उहाँले बताउनुभयो । 

बालविवाहले समस्या 

स्वास्थ्यका दृष्टिीले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन । कानूनमा पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने उल्लेख भएपनि अझै पनि लुकिछिपी २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन् । 

सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुनसक्ने निमित्त प्रमुख रावतले जानकारी दिनुभयो । कम उमेरमा शारीरिक अङ्ग परिपक्क भइनसकेको भन्दै २० वर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिम भएको उहाँको भनाइ थियोे । 
सुत्केरी समस्या बढ्दै 

पछिल्लो समय राजपुरमा यस्ता समस्या बढ्दै गएको छ । एक महीनाअघि पनि समयमै एक सुत्केरी महिलालाई अस्पताल नल्याउँदा उनको मृत्यु भएको थियो । गर्भवती अवस्थामा पोसिलो खानेकुरा नखाने र गर्भवती अवस्थामा तुहिने समस्या धेरै देखिएको निमित्त प्रमुख रावतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com