ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या


admin


सर्लाही, १९ फागुन ।  सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आज बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । 

घटनामा संलग्नको खोजी तीव्र पारिएको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिनुभयो । मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको उहाँले बताउनुभयो । 

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन् । सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com