ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमामा नागरिकको विवरण सङ्कलन शुरु


एबीसी न्यूज



धनगढी, १५ फागुन । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले यस्तो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै कुन व्यक्ति के कामका लागि भारत गएको वा भारतबाट नेपालमा के कामका लागि आएको भन्नेजस्ता विवरण सङ्कलन हुने लगतबाट जानकारी पाउन सकिने जनाइएको छ । 

सीमामा आवागमन गर्नेहरूले दिने यस्तो विवरणले आवागमन गर्ने सम्बन्धित व्यक्तिको यात्रा सुरक्षित भई सहज हुने र प्राप्त हुने तथ्याङ्कबाट प्रादेशिक नीति तर्जुमा गर्न टेवा पुग्ने विश्वास प्रदेश सरकारको छ । 

नागरिक सीमा सहायताकक्ष सम्बन्धमा बनेको कार्यविधिमा सुदूरपश्चिम प्रदेशको सीमा नाकाबाट आवतजावत गर्ने नेपालीको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय कार्यक्रम तथा योजना तर्जुमा कार्यमा सहजता प्रदान गर्न, मानवअधिकारको संरक्षण एवं नागरिकको सुरक्षा तथा संवद्र्धनमा सहयोग गर्न कार्यविधि बनाइएको उल्लेख छ । 

सहायताकक्षबाट प्रवाह हुने सेवाका सम्बन्धमा व्यवस्था गर्न लागिएको ‘टोल फ्रि’ नम्बरमा सम्पर्क गरी आवश्यकताअनुसार नागरिकले सीमा नाकाबाट आवतजावत गर्दा आइपर्ने असुविधाबारे सहयोग लिन सक्नेछन् । 

यसैगरी कार्यविधिमा भारतमा गई कामकाज वा रोजगारी गर्ने नेपाली नागरिकका लागि भैपरी आउने जोखिम न्यूनीकरण गर्न र जीवन बीमा व्यवस्थापनका लागि आवश्यक सचेतना र सहयोगसम्बन्धी कार्यक्रम तथा भारतबाट नेपाल फर्किने नेपालीका लागि सीमा नाकामा सरुवा रोगलगायतका स्वास्थ्य परीक्षण गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सकिनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ । 

“आफ्ना नागरिकको अभिलेख राख्न प्रदेश सरकारले यो योजना अघि बढाएको हो”, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले भन्नुभयो, “सीमा नाकामा नागरिकको अभिलेख राख्ने गरी सञ्चालनमा आएको यो योजना देशकै नयाँ योजना हो ।” 

सहायताकक्षमा खटिनुभएका कर्मचारी वीरेन्द्रप्रसाद पन्तले दैनिक ३०० बढी सवारीसाधन र हजारौँ यात्रुले सीमामा आवागमन गरिरहेको भए पनि पर्याप्त जनशक्तिको अभावका कारण सबैको लगत लिन कठिनाइ भइरहेको बताउनुभयो । 

“हाल सीमा आवागमन गर्दा समस्यामा परेकालाई आवश्यक सहयोग पु¥याउने र भारतबाट नेपाल भित्रिनेको नाम, थर, ठेगाना, सम्पर्क नम्बर, फर्किने मितिजस्ता विवरणको लगत लिने काम भइरहेको छ”, पन्तले भन्नुभयो, “जनशक्तिको अभावजस्ता कारणले नेपालबाट भारत जानेहरुको भने लगत लिने काम अझै शुरु गर्न सकिएको छैन ।” 

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यही फागुन ६ गते उक्त सहायताकक्षको शुभारम्भ गर्नुभएको थियो । नेपालीहरूको रोजगारीका लागि जाने मुख्य गन्तव्य भारत रहेकामा सबैभन्दा बढी नेपाली सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत पस्ने गरेको बताइएको छ । तर यसको यथार्थ विवरण कसैसंँग नभएको अवस्थामा सुदूरपश्चिम सरकारले सीमामा यस्तो व्यवस्था गरेको हो । 

सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये झण्डै २५ प्रतिशत नेपाली रोजगारीका लागि भारत जाने गरेको अनुमान गरिएको छ । तेस्रो मुलुक जाँदा ‘पासपोर्ट’ चाहिने भए पनि भारत जाँदाको हकमा चाहिँदैन । 

पहिलो चरणमा कैलालीको त्रिनगर भन्सार नाकामा यो सहायताकक्ष सञ्चालनमा आएकामा आगामी दिनमा खक्रौला भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा पनि सहायताकक्ष सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्रदेश सरकारले चालू वर्षको बजेट नीति कार्यक्रममा छिमेकी मुलुक भारत आवतजावत गर्ने कामदार फर्किइ आउँदा स्वास्थ्य जाँच र परामर्शका लागि नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गर्ने विषय समेटेको छ । 

प्रदेशको त्रिनगर भन्सार, खक्रौला भन्सार, गड्डाचौकी, बेलौरी नाका, धार्चुलालगायतका सीमा नाकाबाट नेपालीको भारत आवामगन बढी हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

सुन्धाराको सडकमा ठोक्किए दुई मोटरसाइकल, एक जनाको मृत्यु

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com