ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या


एबीसी न्यूज
फाल्गुन १४, २०७५ मंगलबार  ५ : २९ बजे

राजविराज, १४ फागुन । सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या गरिएको छ । हत्या गरिएका दम्पत्ति जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।

जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेर खरानी भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर हेर्दा दुबै जनाको शव आगोमा जलेर खरानी भएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिएका छन् । स्थानियका अनुसार मृतक दम्पति मिल संचालक थिए भने व्याजमा रकम लगानी समेत गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनीहरु सोही मिल रहेको घरमै सुत्ने गरेका थिए ।

यता घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा घटनास्थलमा जलेर खरानी भएको बस्तुलाई फोरेन्सीव टेष्टका लागि पठाइएको जिल्लाका प्रहरी प्रमुख विष्टले बताए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com