ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रातो माटोबाट मनग्य आम्दानी गर्दै बेवीवासी


admin

म्याग्दी , १५ असोज । म्याग्दी जिल्लाका बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपत्र घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् ।

आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु.८० देखि रु.एक सयसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् ।

‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी हुँ मिना रामदाम भन्नुहुन्छ ।

रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई रु.२० मा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी रु ८० देखि एक सयमा विक्री हुने रामदामको भनाइ छ ।


विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा रु.चार हजारदेखि रु. पाँचहजारसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताउनुभयो ।

रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ ।

यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com