
काठमाडौं,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएका छन ।
प्रधानमन्त्री ओली मागको पहिलो सातामा स्वीट्जरल्याण्ड जान लागेका हुन् । ओलीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
फोरमको वार्षिक बैठक माघ ८ गते देखि माघ ११ गतेसम्म स्वीट्जरल्याण्डको डावोसमा हुँदैछ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित १९ जना सहभागी हुने बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्