ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँदे अधिवेशन माघ ४ गतेदेखि


admin
पुस २६, २०७५ बिहीबार  ७ : २४ बजे

धनगढी, २६ पुस ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभामुखसँगको परामर्शपछि अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ । गत असोज २३ गते सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो ।

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा  

माघे सङ्क्रान्ति पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै विभिन्न मन्त्रालयले तयार पारेका पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, व्यावसायिक, सीपमूलक तालीम सञ्चालन कार्यविधि, वन तथा जलाधार व्यवस्थापनतर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन र अनुदान तथा सहायता रकम निकासा एवं कार्यक्रम कार्यान्वयन लगायतका कार्यविधिलाई बैठकले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक वातावरण संरक्षणसम्बन्धी विधेयकको मस्यौदा निर्माण गर्न पनि बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । गत अधिवेशनयता प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक मात्र दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com