काठमाडौं,२५ पुस । प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ ।
बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसंग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो ।
नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेत बालकृष्ण खाँडले प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार सदनप्रति उत्तरदायि हुनुपर्ने भन्दै पुस २२ गते प्रतिनिधिसभा नियमावलि २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोधन् दिनुपर्नेमा त्यसो नभएको र अवरोधकाबीच सदनको कारवाही बढाईएको भन्दै नियमावलिमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
शुक्रबारको बैठकमा आफुहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकिय पक्षमा सभामुखको पनि कमि कमजोरी देखिएको भन्दै सदन अवरोध गर्दा गर्दै सदनको कारवाही अगाडि बढाउनु शोभनिय र परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवापफ मन्त्रीहरुले दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले सरकारलाई रुलिङ गर्नुभएको हो ।
त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो “प्रतिनिधिसभा नियमावलिको २ सय १९ बमोजिम माननिय मन्त्रीहरुले सार्वजनिक महत्वको वक्तव्य दिईसकेपछि माननिय सदस्यहरुले प्रश्न गर्न पाउने व्यवस्था रहेको र उक्त व्यवस्था यथावतै रहेको समेत माननिय सदस्यहरुलाई आश्वस्थ गराउछु ।
साथै नेपाल सरकारले सार्वजनिक महत्वको वक्तव्य दिंदा नियमावलिको व्यवस्था बमोजिम माननिय सदस्यहरुले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु । ”
प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराईएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बाबजुद सभामुखले कार्यसुचीमा भएका कामकारवाही अघि बढाएपछि कांग्रेस सांसदहरु थप असन्तुष्ठ बनेका थिए ।







प्रतिक्रिया दिनुहोस्