ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहलाई कानूनी अड्चन कायमै


admin
पुस २३, २०७५ सोमबार  २ : ३९ बजे

सुर्खेत, २३ पुस । सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन देखिएको छ ।

गाउँपालिका महासङ्घका प्रदेश संयोजकसमेत रहनुभएका सिम्ताका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तहको राजश्व तथा व्ययको अनुमानमा घाटा पूर्ति गर्नेसम्बन्धी कानून नहुँदा समस्या परेको बताउनुभयो । संविधानअनुसार यो कानून प्रदेश सरकारले बनाउनुपर्ने हो ।

‘राजश्व बाँडफाँड, परिचालन लगायतका विषयमा कानून नबन्दा हामी समस्यामा छौंँ’, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशको ढिलाइले कतिपय काममा अझै नीतिगत अड्चन कायमै छन् ।” लेकबेँशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले प्रदेश सरकारले साझा र एकल अधिकारका क्षेत्र र सीमा निर्धारण गरेर कानून बनाउन ढिलाइ गरेको बताउनुभयो ।

सुर्खेतका अधिकांश स्थानीय तहमा स्रोतको उपयोगसम्बन्धी विवाद देखिन थालेको छ । संविधानको धारा २३५ (३) अनुसार प्रदेश र स्थानीय तहबीच विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने प्रक्रिया र कार्यविधि प्रदेश कानून बमोजिम हुने उल्लेख छ । प्रदेश सरकारले यो कानून पनि बनाउन सकेको छैन् ।

संविधानको अनुसूची–९ मा सङ्घ, प्रदेश र स्थानीयका १५ वटा साझा अधिकारका सूची छन् । त्यस्तै, अनुसूची–८ मा स्थानीय सरकारका एकल अधिकारका २२ वटा सूची छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com