ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा फेरि एक महिलाको जलेर मृत्यु


admin
पुस २२, २०७५ आईतबार  ५ : २७ बजे

झापा,२२ पुस । डेढ महिनाअघि एकै परिवारका चार जनाको जलेर मृत्यु भएको घटना सेलाउन नपाउँदै झापामा फेरि एक महिलाको जलेर मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका २ हेमनाडाँगी स्थित जोगेन टुडुको घरमा आगलागी हुँदा उनको श्रीमती ४५ वर्षीय सुनिता टुडुको जलेर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार राती मादक पदार्थ सेवन गरी आफ्नै घरको बरण्डामा सुनिता सुतिरहेकी थिइन्  । छेऊमै बालिएको मट्टितेलको कुपिबाट आगो सल्किएको उनले थाहा नै पाइनन् ।

सल्किएको आगो उनी सुतिरहेको ओछ्यानसहित घरलाई भेट्टाएपछि टुडुको श्रीमती सुनिताको जलेर मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यता घरमा आगो लागेको थाहा पाएलगतै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए । प्रहरीले आवश्यक अनुसन्धान पश्चात महिलाको शवलाई परीक्षणको लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ ।

गत मंसीर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका–७ स्थित लालझोडामा भएको आगलागीमा परी चार महिने शिशु टीकाराम खनालसहित परिवारका चारै जनाको जलेर मृत्यु भएको थियो ।

आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल उनकी श्रीमती राधिका खनाल, चार वर्षीया छोरी चन्द्र (सुप्रिया) र चार महिने छोरा टीकारामले सुतेकै ठाउँमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप

सम्बन्धित

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com