
पोखरा, २२ पुस । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्नेतले सुरक्षासँगै खेलकुदको क्षेत्रमा समेत नेपाल प्रहरीले योगदानी भुमिका खेलेको बताएका छन् ।
जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरामा आईतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले यस्तो अभिब्यक्ति दिएका हुन् ।
नेपाल प्रहरीको सुरक्षा तथा अमनचैन कायम गर्ने पाटो भएपनि नेपालको खेलकुद क्षेत्रको विकास र परिवर्तनको लागि नेपाल प्रहरीका खेलाडीहरुले महत्वपूर्ण भुमकिा खेलेको उल्लेख गरे ।
उनले नेपाल प्रहरीमा सिसित खेलाडी रहेको बताउदै बिशेषगरी फुटबल, भलिबल र क्रिकेटका लागि सातै प्रदेशमा गरी ४ सय १६ जना खेलाडी भित्राएको बताए ।
बस्नेतले नेपाल प्रहरीको आधार स्तम्भ नै खेलकुद रहेको औल्याउदै आफु राखेपको सदस्य सचिव भएकोले जिम्मेवारी बोध गर्नेमा धुक्क रहेको बताए । उनले पोखरेलीहरुलाई नमुनाको पात्र रहेको समेत बताए ।
“यहाँको बाटोले थाहा हुन्छ, यहाँको पर्यावरणले थाहा हुन्छ, यहाँको सिस्टमले थाहा हुन्छ, त्यसैले तपाईहरु प्रेरणादायक समुदाय हो,” बस्नेतले भने ,नेपाल प्रहरीले अहिले सम्म काम गर्दा ३८ प्रतिशत सुरक्षा, अपराधको क्षेत्रमा खटेको जानकारी दिदै खेलकुदको माध्यमबाट समेत आफ्नो सञ्जालको जनशक्तिले योगदान पु¥याईरहेको उल्लेख गरे ।








प्रतिक्रिया दिनुहोस्