
पोखरा,२१ पुस । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल वायु सेवा निगमको वाइड बडी खरिद प्रकरण सम्बन्धि संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा प्रक्रिया नपुगेकोे बताएका छन् ।
पोखरामा प्रेस संगठन कास्कीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री पोखरेलले यस्तो अझिब्यक्ति दिएका हुन् ।
उनले गम्भिर मुद्दामा संसदीय उपसमितिले हतासमा बिनाअर्थको प्रतिबेदन बुझाएको औल्याए ।
पोखरेलले सार्वजनिक लेखा समितिको हिजोको बैठकमा मात्रै उपसमितिले दिएको प्रतिवेदनलाई रिभिजिट गरिएको बताउदै उक्त समितिमा बिज्ञहरुको टोली समेत नभएको उल्लेख गरे ।
मन्त्री पोखरेलले उक्त उपसमितिले जारी गरेको प्रतिवेदन अदालतको फैसला जस्तो एलान गरिएको बताए । ‘नामै किटान गरेर कार्वाहीको माग समेत गरियो, जबकी मुल समितिको बैठकले निर्णय गरिसकेपछि हुने कुरा थियो ।” मन्त्री पोखरलले भने ।
प्रक्रियाको हिसाबले पनि त्यहाँ पुगेर नियत राम्रो छ भन्ने देखिदैन,’ उनले भने, ‘यदि उपसमितिले मुल समितिलाई प्रतिवेदन बुझाउथ्यो, मुलसमितिमा छलफल हुन्थ्यो, छलफलबाट जे निचोड आउथ्यो त्यस आधारमा संसदमा प्रस्तुत हुन्थ्यो र एउटा प्रक्रिया अगाडी बढ्थ्यो, यहाँ त एकै चोटी उपसमितिले जारी गरेको प्रतिवेदनका आधारमा आरोप लगाईयो ।’
नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका पोखरेलले अघिल्लो दिनको प्रतिवेदन एउटा ढंगले टुंगिएको र अर्को दिन रातारात विशेष किसिमको बैठक बसेर निश्चित मान्छेहरुको नाम किटान गर्ने काम गरिएको समेत आरोप लगाएका थिए ।







प्रतिक्रिया दिनुहोस्