ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी प्रकरणको प्रतिवेदनमा प्रक्रिया पुगेको छैन : उपप्रधानमन्त्री पोखरेल


admin
पुस २१, २०७५ शनिबार  १२ : ५४ बजे


पोखरा,२१ पुस । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल वायु सेवा निगमको वाइड बडी खरिद प्रकरण सम्बन्धि संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा प्रक्रिया नपुगेकोे बताएका छन् ।

पोखरामा प्रेस संगठन कास्कीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री पोखरेलले यस्तो अझिब्यक्ति दिएका हुन् ।
उनले गम्भिर मुद्दामा संसदीय उपसमितिले हतासमा बिनाअर्थको प्रतिबेदन बुझाएको औल्याए ।

पोखरेलले सार्वजनिक लेखा समितिको हिजोको बैठकमा मात्रै उपसमितिले दिएको प्रतिवेदनलाई रिभिजिट गरिएको बताउदै उक्त समितिमा बिज्ञहरुको टोली समेत नभएको उल्लेख गरे ।

मन्त्री पोखरेलले उक्त उपसमितिले जारी गरेको प्रतिवेदन अदालतको फैसला जस्तो एलान गरिएको बताए । ‘नामै किटान गरेर कार्वाहीको माग समेत गरियो, जबकी मुल समितिको बैठकले निर्णय गरिसकेपछि हुने कुरा थियो ।” मन्त्री पोखरलले भने ।

प्रक्रियाको हिसाबले पनि त्यहाँ पुगेर नियत राम्रो छ भन्ने देखिदैन,’ उनले भने, ‘यदि उपसमितिले मुल समितिलाई प्रतिवेदन बुझाउथ्यो, मुलसमितिमा छलफल हुन्थ्यो, छलफलबाट जे निचोड आउथ्यो त्यस आधारमा संसदमा प्रस्तुत हुन्थ्यो र एउटा प्रक्रिया अगाडी बढ्थ्यो, यहाँ त एकै चोटी उपसमितिले जारी गरेको प्रतिवेदनका आधारमा आरोप लगाईयो ।’
नेकपाका केन्द्रीय सचिवालय सदस्य समेत रहेका पोखरेलले अघिल्लो दिनको प्रतिवेदन एउटा ढंगले टुंगिएको र अर्को दिन रातारात विशेष किसिमको बैठक बसेर निश्चित मान्छेहरुको नाम किटान गर्ने काम गरिएको समेत आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com