
काठमाडौं,२० पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वाइडबडी खरिदमा भ्रष्टाचारको विषयमा थप अनुसन्धान गर्न सरकारले समिति गठन गर्ने बताउनुभएको छ ।
पुस १३ र १६ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई कार्वाही नगर्ने बताउनु भएको हो ।
मन्त्री बाँस्कोटाले वाइडबडी विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा असन्तुष्टि व्यक्त गर्दै उपसमितिको सो प्रतिवेदन समितिमा पेश भएको र सो समितिको निर्देशन आएपछि सरकारले सो सम्बन्धमा आवश्यक निर्णय लिने मन्त्री बास्कोटाले बताउनु भयो ।
आरोप पुष्टि गर्न सरकार आफैले छानवीन समिति गठन गर्ने बताउनु भयो । मन्त्री बास्कोटाले आरोप पुष्टि भए वार्डडबढि विमान खरिद प्रकरणको दोषी माथि कार्वाही गरिने बताउनु भयो ।
यस्तै, मन्त्री बास्कोटाले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै प्रतिक्रिया दिनुभयो । कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको बताउदै अदालतको फैसला अनुसारको कानुनी कार्वाही सांसद चौधरीले भोग्ने पर्ने बताउनु भयो ।
सरकारले आर्थिक वर्ष २०७५-७६ का लागि उखुको न्युनतम खरिद खरिद मूल्य प्रति क्विान्टल ५ सय २५ तोकिएको छ भने अनुदानको ब्यवस्थ गरिएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसद्म पेश गर्न स्वीकृति दिएको छ भने गोरखापत्र संस्थानका सल्लाहकार सम्पादनमा गोपाल खनाल नियुक्त गरिएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्