
काठमाडौं,२० पुस । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्वन्धी प्रतिवेदनमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा आज छलफल हुँदैछ ।
सिंहदरबारमा केहिबेरमा बस्ने बैठकमा विमान खरिद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
अस्ती बुधबारको बैठकमा उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर सहितको प्रतिवेदन सभापति भरतकुमार साहलाई बुझाएको थियो ।
कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिको प्रतिवेदनमा वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा पूर्व मन्त्री र सचिवलाई पनि कारवाही गर्नुपर्ने उल्लेख छ । लेखा समितिको आज बस्ने पूर्ण बौठकले प्रतिवेदन स्वीकार गर्ने नगर्ने निर्णय समेत गर्नेछ ।
वाइडबडी खरिदबारे अध्ययन गर्न सरकारले हिजो छुट्टै समिति गठन गरेको छ भने संसदकै अर्को अन्तर्राष्ट्रिय समितिले पनि खरिदबारे अध्ययन गरिरहेको छ ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यसअघि गठन भएका कार्यदलको प्रगति विवरण र कृषकलाई मलको सहज उपलब्धताको विषयमा छलफल हुँदैछ ।







प्रतिक्रिया दिनुहोस्