ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी


admin
आश्विन ४, २०७४ बुधबार  १२ : ०१ बजे

काठमाण्डौं ४, असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

यो सिजनामा विजयी यात्रा कायम राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ६–१ ले हराएको हो । लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक एक गोल गरे । एइबरका लगि एनरिचले एक गोल फर्काए । मेस्सीले २० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा र्पुयाए । ५७ औं मिनेटमा एनरिचले एइबरका लागि एक गोल फर्काए । तर मेस्सीले ५९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । नाउ क्याम्पमा गोलको वर्षा नै गरेका मेस्सीले ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालई ६–१ को शानदार जित दिलाए ।

मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म १२ गोल गरिसकेका छन् । लगातार पाँचौं जित निकालेको शीर्ष स्थानको बार्सिलोनाको १५ अंक भएको छ । राति नै भएको खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com