ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल


एबीसी न्यूज
पुस ७, २०७५ शनिबार  ८ : ०१ बजे

 

चितवन, ७ पुस । प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो ।

ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि उपकरण खरीद गर्न सरकारले रकमसमेत छुट्याएको उहाँले बताउनुभयो ।

उक्त नगरपालिकामा छ सरकारी स्वास्थ्य संस्था भए पनि चिकित्सकको दरबन्दी छैन । अस्पताल सञ्चालनमा आएपछि चिकित्सकको सेवा पनि शुरु हुने र जटिल किसिमका बिरामीलाई राहत मिल्ने नगरप्रमुख प्रभा बरालले बताउनुभयो । यहाँका नगरवासीमा जटिल खालको समस्या आइपरे सदरमुकाम भरतपुर नै धाउनुपर्ने बाध्यता छ ।

भण्डारा स्वास्थ्यचौकीमा तत्कालै अस्पतालको सेवा सञ्चालन गरिने र पछि निर्माणाधीन वडा कार्यालयको भवनमा अस्पताल सारिने उहाँले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड र नगरपालिकाले २५ लाख छुट्याएको छ । भण्डारा र जुटपानीले माघको पहिलो सातादेखि नै अस्पतालको सेवा सञ्चालन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com