ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विस्थापित बैंक पुनःस्थापना भएनन्


admin
आश्विन ३, २०७४ मंगलबार  ३ : ३२ बजे

बैतडी, ३ असोज ।  सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखाहरु अझै पुनःस्थापना हुन सकेका छैनन् ।

शहरमा टोलैपिच्छे बैंक खुले पनि बैतडीका व्यापारिक केन्द्रका बासिन्दाले बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन् । कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा स्थानीयवासी हजारौँ खर्चेर सदरमुकाम जान बाध्य छन् । बैंकको अभावमा सर्वसाधारणसँगै सरकारी, गैरसरकारी, विद्यालयलगायतका निकायलाई समस्या हुँदै आएको छ ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको कूल दुई लाख ५० हजार ८९८ जनसंख्याको आधासम्म पनि बैंकिङ सेवा पुग्न सकेको छैन । बैतडीको तल्लोस्वराड क्षेत्रको मेलौली, पुरचौडी क्षेत्रकोे हाट र डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरमा बैंक पुनःस्थापना नभएका हुन् ।

बैतडीको साविकका गोकुलेश्वर, डिलासैनी, रुद्रेश्वर, सित्तड, रिम गाविस र दार्चुलाको गोकुलेश्वर, शिखर, रिठाचौपाता लगायतका गरी १२ गाविसको केन्द्र बैतडीको गोकुलेश्वरमा, यस्तै हाट, कुवाकोट, महादेवस्थान, मल्लादेही, तल्लादेही विजयपुर, कोटिला, भूमिराज, भटना र न्वादेउ गरी १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र रहेको पुरचौडी हाटमा र तल्लोस्वराडका साविकका मेलौली, उदयदेव, गिरेगाडा, पञ्चेश्वर, महाकाली, आमचौरा, शमौली, कुलाउ, विशालपुरलगायतका १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन् ।

विसं २०५८ अघि गोकुलेश्वर र पुरचौडी हाटमा कृषि विकास र नेपाल बैंक र मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए । पहिलो संविधानसभाको निर्वाचनसँगै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ । राजनीतिक दलहरुले पुनःस्थापनाको नारा दिएर दुईपटक चुनाव जिते पनि कसैले चासो नदिएको स्थानीयवासीको आरोप छ । “पटक पटक बैंक पुनःस्थापनाको माग जिल्ला र केन्द्रसम्म पु¥याइसक्यौँ,” पुरचौडी नगरपालिका हाटका लालबहादुर भण्डारीले भन्नुभयो – “गाउँ आउने नेताहरुले सधैँ पुनःस्थापनाको आश्वासन दिए पनि बैंक आउने सुरसार छैन ।”

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाकास्तरका अन्य कार्यालय रहेका छन् । बैतडीको दुर्गम क्षेत्र मानिएको पुरचौडी हाटमा गत वर्षको असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले पुरचौडी हाटमा इलाका प्रशासन कार्यालय शुरु गरिएको हो ।
सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएको स्थानीय बासिन्दाले बताएका छन् । हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन् । पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकको शाखा रहेका छन् । गाउँ नजिकमा बैंक नआउँदा टाढा जाने बाध्यताले आर्थिक भारसँगै समय बढी खर्च हुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । “सदरमुकाम र पाटन जाँदा एकै दिनमा आउजाउ गर्न सकिने अवस्था हुँदैन,” स्थानीय तथा मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले भन्नुभयो, “बचत र झिक्ने रकमभन्दा खर्च बढी हुने गर्छ ।”

दार्चुला र बैतडीको सीमा बजार बैतडीको गोकुलेश्वरमा पनि बैंक पुनःस्थापना भएको छैन ।द्वन्द्वका बेला असुरक्षाका कारण दर्शाएर सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकहरु पुनःस्थापना हुन सके ग्रामीण क्षेत्रका बासिन्दालाई सहज हुने निश्चित छ ।

सरकार गत साउनमा बैतडीका छ वटा स्थानीय तहमा नयाँ बैंकका शाखा खोल्ने भने पनि हालसम्म पनि खुल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com