ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार गर्दिन भन्नेहरु नै भ्रष्टाचारी छन् : प्रधानमन्त्री ओली


admin
मंसिर २३, २०७५ आईतबार  २ : १३ बजे

काठमाडौं, २३ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहो¥याउनु भएको छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिवद्धता भने शतप्रतिशत कार्यान्वयनमा आएको दावी गर्नु भयो ।

भ्रष्टाचार ‘गर्न दिन्न’ भन्ने आफ्नो भनाई पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले मुलुकमा अझै पनि भ्रष्टाचार भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने कुरामा ढुक्क हुन पनि पटक–पटक आग्रह गर्नु भयो ।

उहाँले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गराउने दृढता पनि पुनः दोहो¥याउनु भयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई पनि सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको पनि बताउनु भयो । बुद्धि भएकाहरुले त्यसको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाई भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित भएको पनि बताउनु भयो ।प्रधानमन्त्री ओलीले नैतिक बन्धन, कर्तव्यको बन्धन भित्र पारेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तराष्ट्रिय समुदायनै एक ढिक्का हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com