
काठमाडौं,२१ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालतिव्र विकासको देश हुन सक्ने बताउनु भएको छ । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालिन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
नेपालको विकासका लागि अरु देशका अनुभव,सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्रीओलीको भनाइ छ ।

“हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनु पर्दैन ।
अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।”
प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६-०७७ –२०८० -०८१) देश विकासकालागि ‘टर्निङ प्वाइन्ट’ हुने बताउनु भएको छ ।
“अघिल्ला योजनाका समिक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक,प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”
स्वदेशमा रहेका फलाम खानीको उत्खनन्,विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल,डिजेल जस्ता इन्धनको आयात घटाउनमा१५ औं योजनामा केन्द्रीतहुनु पर्ने माप्रधानमन्त्री ओलीको जोड छ । “
विद्युत,सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ जेट्रोफाबाट पनि इन्धनको आपूर्ती गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातीको बोट रोप्ने अभियान सञ्चाल नगर्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता,लोकतान्त्रिक प्रणाली,सामाजिक न्याय,राष्ट्रिय एकता र शान्ती र सुरक्षामा कोह कसैसँग सम्झौता नुहने बताउनु भएको छ । देश विकासका योजनाहरु पनि यी उल्लेखित पाँच कुरालाई सम्बोधन गर्ने र मजुवतपार्ने किसिमका हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्