ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दशकपछि बल्ल भन्सार नाकामा एक्सरे मेसिन


admin

भीमदत्तनगर, २ असोज ।  सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ ।

व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहज जाँचका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
“मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई÷दुई ठाउँमा झोला खोलेर देखाउने झन्झटबाट मेसिन जडानले मुक्ति दिएको छ,” कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विकास कुमारले रासससित भन्नुभयो, “मुख्य नाकामा भन्सार जाँचका लागि धेरै सुधार भएका छन् ।”

गड्डाचौकी भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, सिमला, देहरादुन, हरिद्वार, बैंग्लोरलगायतका ठाउँमा जाने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक यहाँ एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिनुभयो ।

“भन्सार नाकामा पाँच स्थानमा एक्सरे मेसिन सञ्चालन गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । एक्सरे मेसिन सञ्चालनमा आएसँगै सामान्यखालका तस्करी, भन्सार छलीमा कमी आउने उहाँको भनाइ छ ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा रु एक करोडको लागतमा उक्त एक्सरे मेसिन जडान गरिएको बताइएको छ । दुई वर्षअघि गड्डाचौकी भन्सारमा आठवटा सिसिटिभी क्यामेरासमेत जडान गरिएका थिए । अहिले थप पाँचवटा क्यामेरा थपिएका छन् । भन्सार कार्यालयभित्र धेरै आन्तरिक सुधार भएका छन् ।

भन्सारमा रिङरोड स्थापना, गोदामघर निर्माणका साथै सामान तत्कालका लागि राख्ने सेटघर निर्माण भई सञ्चालनमा आइसकेको छ । भन्सारकै सुधारका कारण कञ्चनपुर भन्सारको वार्षिक राजश्व असुल गर्ने लक्ष्य वर्षेनी बढ्दै गइरहेको छ । चालू आवमा भन्सार कार्यालयले वार्षिक रु ३२ करोड ४७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले जनाएको छ ।

जिल्लामा अन्य छोटी भन्सार कार्यालय मध्ये हाल दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी भन्सार सञ्चालनमा छ । कर्मचारी अभाव तथा सुरक्षा सवल नहुँदा छोटी भन्सार कार्यालय प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको भन्सार अधिकृत कुमारले बताउनुभयो । विसं २०१९ मा स्थापना भएको कञ्चनपुर भन्सार कार्यालयको आन्तरिक व्यवस्थापनसँगै राजश्व संकलनमा समेत सुधार आएको छ ।

पाँच वर्षअघि कञ्चनपुर भन्सारले वार्षिक रु चार करोड राजश्व संकलनको लक्ष्य लिँदै आएको थियो । क्रमशः राजश्व संकलन लक्ष्य दु्रत गतिमा बढेको छ । गड्डाचौकीपारि भारततर्फ प्रहरी, भन्सार र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले छुट्टाछुट्टै जाँच गर्दा सीमामा यात्रुले ठाउँ ठाउँमा झोला खोल्नुपर्ने बाध्यता छ । कञ्चनपुरको दोधारा, चाँदनी, पचुईलगायतका क्षेत्रमा रहेका छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com