ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका राष्ट्रपति सी जिनपिङ पनामा भ्रमणमा


admin


एजेन्सी,१७ मङ्सिर । चीनका राष्ट्रपति सी जिनपिङ औपचारिक भ्रमणको क्रममा आइतबार पनामा पुग्नुभएको छ । मध्य अमेरिकी देश पनामा र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएयता चिनीयाँ राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यी दुई देशबीच सन् २०१७ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

राष्ट्रपति सी र उहाँका श्रीमती पेङ लियुआनलाई पनामाका राष्ट्रपति हुँवा कार्लोस भरेला र उहाँकी श्रीमती लोरेना क्यासटिल्लो गार्सियाले पनामा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

चिनीयाँ पाहुनाको स्वागतमा स्थानीय समुदायको एक समूहले सांस्कृतिक नाचगान प्रस्तुत गर्नुका साथै सडकमा दुबै देशको राष्ट्रिय झण्डा फहराइएको थियो ।

राष्ट्रपति सीले पनामामा भव्य स्वागत गरिएकामा पनामा सरकार र स्थानीय जनताप्रति कृतज्ञता प्रकट गर्दै प्रसन्नता व्यक्त गर्नुभएको छ ।

चिनीयाँ राष्ट्रपति सी अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रहरुको बैठक जी–२० मा सहभागी भएर पनामा पुग्नुभएको हो । यस भ्रमणका क्रममा पनामाका उच्चस्तरीय नेताहरुबीच द्वीपक्षीय वार्तालगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अनुमान गरिएको छ ।

राष्ट्रपति सीले यसपटक चार ओटा देशको भ्रमण गर्नु हुनेछ । यसअघि उहाँले अर्जेन्टिना र स्पेनको भ्रमण गरिसक्नु भएको छ भने पनामापछि उहाँ पोर्चुगल जाने कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com