
काठमाडौंं,१४ मङसिर । काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोर बिजोर प्रणाली हटाइएको छ ।
चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली बिहान साढे ११ बजेदेखि लागू हुनेगरी हटाएको हो ।
यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्