ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जी २० सम्मेलनमा भाग लिन अमेरिकाका राष्ट्रपति ट्रम्प अर्जेन्टिना प्रस्थान


admin
मंसिर १३, २०७५ बिहीबार   ५ : ११   बजे

एजेन्सी,१३ मङसिर । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको विवाद र युक्रेनमाथि रुसले गरेको अतिक्रमणलाई मुख्यरुपमा उठाउने अनुमान गरिएको छ ।

यसैसाताको अन्त्यतिर हुने बैठकमा विश्वको वित्तीय सङ्कटका विषयमा अमेरिकी प्रशासनको रबैयाविरुद्ध मोर्चाबन्दी हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतका विश्वस्तरीय विभिन्न निकायले अमेरिकी नीतिले विश्वको व्यापार र आर्थिक विकासमा मन्दी आउने चेतावनी दिइआएका छन् ।

विश्वको कूल आर्थिक उत्पादनको झण्डै ८० प्रतिशत हिस्सा ओगटेका प्रमुख २० राष्ट्रका नेताहरु विश्वका आर्थिक सङ्कटसँग जुध्न सन् २००८ नोभेम्बरमा भेला भएका थिए । तर अमेरिका प्रथम भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिसँगै उक्त एकतामा सङ्कट आएको छ । खासगरी, ब्राजिल, इटाली र मेक्सिकोजस्ता देशहरुमा प्रचारमुखी नेताहरु चुनिएका कारण पनि जी२० समूहमा अन्यौल कायम छ ।

ट्रम्पले चिनीया आयातमा करवृद्धि गरेसँगै विश्व बजारमा हलचल उत्पन्न भएको छ । उहाँले आगामी जनवरी २०१९ मा थप करवृद्धि हुने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी जिनपिङसँग हुने भेटका क्रममा चीनमाथि आफ्नो बजार अझ खुला गर्न दबाब दिने अपेक्षा गरिएको छ ।

बुधबार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले बेइजिङले अर्थपूर्ण सुधारका कुनै कदम नचालेको आरोप लगाउँदै चिनीया सवारी साधनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभयो ।

यहीबीच राष्ट्रपति सीले बौद्धिक सम्पत्तिको सुरक्षामा चीनले थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर चीनमा रहेका विदेशी कम्पनीहरुले चिनीया प्रतिबद्धता नित्यकर्मजस्तै भएको तर कार्यान्वयन हुने नगरेको बताएका छन् ।

यहीबीच, संयुक्तराज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संशोधित उत्तर अमेरिकी व्यापार सम्झौता (युएसएमसीए) मा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । यो सम्झौता लगत्तै राष्ट्रपति ट्रम्पले विदेशी कारको आयातमा करवृद्धि गर्ने, युरोप र खासगरी जापानमाथि थप दबाब दिने सम्भावना रहेको छ ।

जी२०को बैठक अघि प्रकाशित प्रतिवेदनमा आइएमएफले सवारी साधनमा हुने करवृद्धिले विश्व अर्थतन्त्रमा करिब २५ प्रतिशतले मन्दी आउने उल्लेख गरेको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) ले विश्वको आर्थिक वृद्धिमा पनि असर पार्नेछ, आइएमएफका प्रमुख क्रिस्टिन लागार्डले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सम्बन्धित

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group