ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीजद्वारा पुस्तकालयलाई २ सय पुस्तक प्रदान


admin
मंसिर १३, २०७५ बिहीबार  १ : ५२ बजे


दुर्गापुर, १३ मङसिर । बिर्तामोडस्थित वीरता जेसीजले झापाको कनकाई नगरपालिका–७ स्थित भृकुटी माविको पुस्तकालयका लागि दुई सय थान पुस्तक प्रदान गरेको छ ।

सोही विद्यालयमा आज बिहीबार आयोजित कार्यक्रमकाबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरी र कार्यक्रम संयोजक टहलदास ओलीले प्रधानाध्यापक अञ्जना सिटौलालाई उक्त पुस्तक हस्तान्तरण गरे ।

विद्यालयमा पुस्तकालय भए पनि आवश्यक पुस्तक अभाव रहेका बेला वीरता जेसीजले उक्त पुस्तक हस्तान्तरण गरेको हो । विद्यालयलाई अत्यन्त आवश्यक र उपयोगी पुस्तक प्रदान गरेकोमा प्रधानाध्यापक सिटौलाले धन्यवाद ज्ञापन गर्दै जेसीजको रचनात्मक कार्यको प्रशंसा गरिन् ।

वीरता जेसीजका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जेसीजका युवा संयोजक टहलदास ओलीले गरेका थिए । सबै विद्यार्थीको तर्फबाट बोल्दै कक्षा १० का छात्र भुवन आचार्यले अब विद्यालयको पुस्तकालयमा आफूहरुले चाहेको पुस्तक पढ्न पाइने भन्दै खुशी व्यक्त गरे ।

विद्यार्थी तथा शिक्षक सबैको लागि उपयोगी हुनेगरी पुस्तकको चयन गरिएको बताइएको छ । विद्यालयले पुस्तकालयका लागि आवश्यक पुस्तकको सूची नै उपलब्ध गराएपछि सोही बमोजिमका पुस्तक हस्तान्तरण गरिएको हो ।

नेपाली, अंग्रेजी भाषाका कक्षाका कोर्षसँग सम्बन्धित तथा अन्य चर्चित लेखकहरुका राष्ट्रिय तथा विश्व प्रशिद्ध पुस्तकहरु समेत प्रदान गरिएको कार्यक्रमका संयोजक रहेका ओलीले बताए ।

सामाजिक सञ्जाल फेसबुक लगायतमा अहिलेको पुस्ताले बढी समय खर्चिएर पठन संस्कृतिमा ह्रास आउँदै गएको भन्दै वीरता जेसीजका अध्यक्ष गिरीले पठन संस्कृतिको विकास र व्यक्तित्व विकासमा टेवा पुर्याउन पुस्तकालयलाई पुस्तक प्रदान गरिएको बताए ।

महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए । जेसीज आस्था वाचन कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले गरेका थिए ।

विद्यार्थीको प्रार्थना सभामै उक्त कार्यक्रम गरिएको थियो । उक्त अवसरमा विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा विशिष्ठ भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीजका अध्यक्ष गिरीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रधानाध्यापक सिटौला र व्यवस्थापन समिति सदस्य कुशल न्यौपानेले संयुक्त रुपमा सम्मानपत्र प्रदान गरेका थिए भने सम्मानपत्रको वाचन शिक्षक राजेन्द्र सिटौलाले गरेका थिए । गिरी सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

वीरता जेसीजले यस वर्ष पुस्तक दिवसको अवसर पारी मायाको चिनो र उपहार स्वरुप पुस्तक दिने नयाँ संस्कृतिको थालनी गरेको छ भने यसअघि बिर्तामोड–१० स्थित ज्ञानज्योति सार्वजनिक पुस्तकालयलाई तीन सयभन्दा बढी पुस्तक समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com