ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि


admin
मंसिर १३, २०७५ बिहीबार   १ : ३०   बजे

एजेन्सी , १३ मङ्सिर । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो ।

घाज्नी प्रान्तको आन्दार क्षेत्रमा विस्फोटक पदार्थ विस्फोटमा परी ती सदस्यहरु मारिएका थिए । यस विस्फोटमा परी अन्य तीन सैनिक घाइते भएका पनि पेन्टागनले जानकरी दिएको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन ।

सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका सातामा तालिबान आतङ्ककारी समूहले आफ्ना आतङ्ककारी क्रियाकलाप बढाएका छन् ।

गत शनिबार भएको एक आतङ्ककारी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि पुनः मङ्गलबार आक्रमण भएको बताइएको छ ।

यसै महिनामा अमेरिकी सेनाको राष्ट्रिय गार्डका प्रमुख अफगान सुरक्षाबलका एक सदस्यले हत्या गरेका थिए । सन् २००१ यता अफगानिस्तानका अमेरिकी सेनाले तालिबानविरुद्ध कारबाही सुरु गरेयता अमेरिकी सेनाका २ हजार चार सय सदस्यले ज्यान गुमाएका छन् ।
अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृतगर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लामा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ ।

बताइएअनुसार सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो । यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ ।

गत सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तीमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन् । अल जजिरा समाचार संस्थाले मारिने प्रहरीको संख्या २० पुगेको पुष्टि गरेको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो । पछिल्ला केही महिना यता आएर तालिबानले अफगास्तिानको राजधानी काबुलमै पनि सशस्त्र हमला बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सम्बन्धित

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group