ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा सडक दुर्घटनाको स्थिति डरलाग्दो, चार महिनामा करिव तीन हजार दुर्घटना


एबीसी न्यूज
मंसिर ८, २०७५ शनिबार  ३ : ४४ बजे

काठमाडाैं, ८ मंसिर । बिहीबार बेलुकी डडेलधुरामा बस दुर्घटनामा प¥यो, कारण थियो ओभरलोड, ओभरस्पीड र चालकको अनुभवको कमी । त्यसको लगत्तै सप्तरी र दार्चुलामा पनि त्यस्तै दुर्घटना भयोे, जसको कारणपनि खास फरक छैन । शनिबार मात्रै पनि नवलपरासी तथा राजधानी काठमाडौंको बल्खु मै भएको दुर्घटनामा पनि गाडीमा सवार यात्रहरुुले ज्यान गुमाउन पुगे ।

यी प्रतिनिधी घटनाहरु मात्र हुन् । पछिल्लो समय नेपालमा सडक दुर्घटनाकै कारण मृत्यु हुनेको संख्याले विकराल रुप लिदै गएको छ । एक त नेपालका साँगुरा सडक, त्यसमा गुड्ने पुराना सवारी साधन र त्यसमा क्षमताभन्दा बढि कोचिएका यात्रुहरु । अर्को तर्फ प्रशासनको फितलो अनुगमन र व्यवस्था ।

यसरी हेर्दा दुर्घटनाको कारण खोज्न यो भन्दा धेरै पर जानै पर्दैन । ट्राफिक प्रहरीको पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा ५५३० दुर्घटना भएकोमा १८२ जनाको मृत्यु भएको थियो । जसमा २०१ जना गम्भीर घाइते भएका थिए । त्यस्तै २०७४/७५ को तथ्याकंमा ६३८१ दुर्घटना भएकोमा १९४ जनाको मृत्यु हुदा २१९ जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७५/ ७६ को ५ औ महिना पुग्दा दुर्घटनाको दर बढेको बढ्यै छ ।

यो आर्थिकवर्षमा २६९४ सवारी दुर्घटना भएकोमा ८१ जनाको मृत्यु भएको तथा ८९ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यद्यपी दुर्घटनाको कारणमा भने अझैपनि एक अर्कालाई दोष देखाएर आफु पन्छिने प्रवृत्ति कायमै छ ।

यातायात क्षेत्रको सिण्डकेट हटाउने सरकारको उद्घोष उदघोषमै सीमित भएपछि विना प्रतिस्पर्धा चलेका गाडीमा कोचिन सर्वसाधारण बाध्य छन् । त्यसमा पनि नेपालका साँगुरा बाटाहरुनै दुर्घटना बढ्नुको प्रमुख कारण हो । प्रशासनको नियमन बढाएर लैजाने हो भने पनि धेरै हद सम्म दुर्घटना न्यूनिकरण गर्ने सकिन्छ । अतः नागरिकको जीउ ज्यानसँग सम्वन्धित विषयमा सबै सरोकारवाला पक्ष गम्भीर बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com