
काठमाडाैं, ८ मंसिर । बिहीबार बेलुकी डडेलधुरामा बस दुर्घटनामा प¥यो, कारण थियो ओभरलोड, ओभरस्पीड र चालकको अनुभवको कमी । त्यसको लगत्तै सप्तरी र दार्चुलामा पनि त्यस्तै दुर्घटना भयोे, जसको कारणपनि खास फरक छैन । शनिबार मात्रै पनि नवलपरासी तथा राजधानी काठमाडौंको बल्खु मै भएको दुर्घटनामा पनि गाडीमा सवार यात्रहरुुले ज्यान गुमाउन पुगे ।
यी प्रतिनिधी घटनाहरु मात्र हुन् । पछिल्लो समय नेपालमा सडक दुर्घटनाकै कारण मृत्यु हुनेको संख्याले विकराल रुप लिदै गएको छ । एक त नेपालका साँगुरा सडक, त्यसमा गुड्ने पुराना सवारी साधन र त्यसमा क्षमताभन्दा बढि कोचिएका यात्रुहरु । अर्को तर्फ प्रशासनको फितलो अनुगमन र व्यवस्था ।
यसरी हेर्दा दुर्घटनाको कारण खोज्न यो भन्दा धेरै पर जानै पर्दैन । ट्राफिक प्रहरीको पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा ५५३० दुर्घटना भएकोमा १८२ जनाको मृत्यु भएको थियो । जसमा २०१ जना गम्भीर घाइते भएका थिए । त्यस्तै २०७४/७५ को तथ्याकंमा ६३८१ दुर्घटना भएकोमा १९४ जनाको मृत्यु हुदा २१९ जना गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७५/ ७६ को ५ औ महिना पुग्दा दुर्घटनाको दर बढेको बढ्यै छ ।
यो आर्थिकवर्षमा २६९४ सवारी दुर्घटना भएकोमा ८१ जनाको मृत्यु भएको तथा ८९ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यद्यपी दुर्घटनाको कारणमा भने अझैपनि एक अर्कालाई दोष देखाएर आफु पन्छिने प्रवृत्ति कायमै छ ।
यातायात क्षेत्रको सिण्डकेट हटाउने सरकारको उद्घोष उदघोषमै सीमित भएपछि विना प्रतिस्पर्धा चलेका गाडीमा कोचिन सर्वसाधारण बाध्य छन् । त्यसमा पनि नेपालका साँगुरा बाटाहरुनै दुर्घटना बढ्नुको प्रमुख कारण हो । प्रशासनको नियमन बढाएर लैजाने हो भने पनि धेरै हद सम्म दुर्घटना न्यूनिकरण गर्ने सकिन्छ । अतः नागरिकको जीउ ज्यानसँग सम्वन्धित विषयमा सबै सरोकारवाला पक्ष गम्भीर बन्न आवश्यक छ ।







प्रतिक्रिया दिनुहोस्