
काठमाडौं,७ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन्।
बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बिहीबार पार्टी केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।
केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा अप्रत्यक्ष ओलीले टिप्पणी गरेका छन ।
स्रोतका अनुसार, १८ केन्द्रीय सदस्यहरुको ज्ञापन पत्रले आफू र सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिको समेत हुर्मत लिने काम गरेको संकेत ओलीले गरेको बताएको छ ।
‘सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिकै हुर्मत लिने कामपनि पार्टीभित्रैबाट हुन भएको प्रधानमन्त्री ओलीले बताएका छन ।
केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रमाथि ओली नकरात्मक रुपमा प्रस्तुत भएपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताले ‘केन्द्रीय सदस्यहरुले उठाएका एजेण्डाहरुमाथि छलफल गरौँ’ भनेका थिए।







प्रतिक्रिया दिनुहोस्