ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत


admin

काठमाडौं,७ मङसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ ।
ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पहिलो अग्रता भने एपिपएफले लिएको थियो ।
खेलको दोस्रो हाफको ६० औँ मिनेटमा एपिएफले रूपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो ।

लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै खेलको ६९ औँ मिनेटमा ब्रिगेड ब्वाइजका अर्का खेलाडी काजुदीनले एक गोल थप्दै आफ्नो टिमको अग्रतालाई दोब्बर बनाए । उनले ६ यार्डबाट गोल गरेका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा ब्रिगेड ब्वाइजकै काजिमले गोल गरेर जीत सुनिश्चित गरे ।

खेलको ८९ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित बनेको थियो । एपिएफका खेलाडी विश्वास उदासले फल्ट गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । पराजित एपिएफको अङ्क तालीकामा ४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com