
काठमाडौं,७ मङसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गर्नु भएको छ ।
अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गर्नु भयो ।
शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको सडक संजाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गर्नु भयो ।
उहाँले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने तथ्य पनि स्मरण गराउनु भयो । शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन ।
त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गर्नु भयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी पनि सहभागी हुनु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्