ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल, सुखी नेपालीको सपना यहि सरकारले साकार पार्नेछ : अध्यक्ष प्रचण्ड


admin

चितवन, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा उहाँले सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताउनुभयो ।

सो अवसरमा उहाँले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताउनुभयो । कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।

” यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध शुरु हुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट शुरु हुने बताउनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, “म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले विगत १२-१५ महीनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।”

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहालले भरतपुर–२४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल वडावासीलाई धन्यवाद दिँदै अन्य वडालाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै जाने बताउनुभयो ।

भरतपुर महानगरलाई नमूना बनाउन लागिपरेको भन्दै महानगरप्रमुख दाहालले भन्नुभयो, “भरतपुर महानगरपालिका महत्वकाङ्क्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनालाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ ।” उहाँले थप्नुभयो, “सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् ।” भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com