ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय


admin
मंसिर ५, २०७५ बुधबार  ५ : ०६ बजे

जिरी, ५ मङ्सिर । दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् ।

प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ र दोलखा जिल्ला फुटबल सङ्घ सेमिफाइनमा पुगेका छन् ।

ज भएको क्वार्टर फाइनलमा प्लानिङ ब्याइज काडाँघारी भक्तपुर काभ्रे फुटबल सङ्घलाई ३–२ गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको छ । यसअघि मङ्गलबार भएको पहिलोे खेलमा चितवन एघारलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनमा पुगेको थियो ।
त्यसैगरी मङ्गलबार नै भएको दोस्रो खेलमा दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडौँ क्लबलाई ५–० गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको थियो । सोमबार भएको क्वार्टर फाइनलमा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी १२ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com