ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन


एबीसी न्यूज

काठमाडौँ, ४ मङ्सिर ।   प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णकुमारी सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा कुनै व्यवधान नपुग्ने गरी नहरमा तत्काल पानी छाड्न सरकारलाई निर्देशन दिएको हो । निर्माण सम्पन्न (दायाँतर्फ ४५ किमी) तर्फ दुई फरक स्थानमा प्राविधिक त्रुटि, ठेकेदारको लापर्वाही र सरकारको अनुगमन फितलो भएकाले मूल नहर सञ्चालनअघि नै बायाँतर्फ लगभग २५ मिटर क्षेत्रफल भत्किएकाले आयोगले अनियमितता भएको महसुस गरी आयोजनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।

सभापति सुवेदीको नेतृत्वमा गएको समितिको टोलीले आयोजनाको स्थलगत भ्रमण पूरा गरेको एक महीनापछि सरकारलाई आज निर्देशन दिएको हो । सरकारको आफ्नै लगानीमा निर्माण भएको सो आयोजनाको नहरको दायाँतर्फको ४५ किमी मूल नहर निर्माण सम्पन्न भए पनि पानी छाड्न आलटाल गरिएको छ । आयोजनाको कूल क्षेत्रफल ९९ किमी छ । आयोजनाको (बायाँ) तर्फ ५४ किमी निर्माण शुरु भइरहेको छ ।

समितिको आजको बैठकमा समितिका सदस्य शान्ता चौधरी, सावित्री पाख्रिन, राजबहादुर बूढा, राधा ज्ञवाली, सत्यनारायण खनाल र छविलाल विश्वकर्माले किसानलाई सिँचाइ सुविधा पु¥याउन आलटाल गर्न नहुने धारणा राख्नुभएको थियो ।

राप्तीसोनारी गाउँका बासिन्दा कमानसिंह सुनारले राप्तीको पानी अन्यत्र खेर गइरहेको र बाँकेको उर्वर जमीन बाँझो हुने क्रम बढ्दो छ भन्दै राज्यको लगानीमा नहर निर्माण भइसकेको भए पनि मूल नहरमा पानी सञ्चालन गर्न ढिलाढाला हुनाले किसान मर्कामा परेको बताउनुभयो । त्यसैगरी आयोजनास्थलबाट करीब २५ किमीमुनि बालापुर आसपासको तीन किमी क्षेत्रमा घुलनशील माटाले नहरलाई असर पुग्ने प्राविधिकको भनाइ छ । घुलनशील माटो बलियो बनाउन जिप्सम मिसावट गरेर खँदिलो बनाई पुनःनिर्माण गर्नु आवश्यक रहेको बताइन्छ ।

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी आयोजना शुरु भएको हो । अगैयाबाट दायाँतर्फ कोहलपुर र नेपालगञ्ज नगरपालिकालगायत साविक ३४ गाविस तथा बायाँतर्फ बिनौना, फत्तेपुर, गङ्गापुर, मटेहिया, नरैनापुर, कटकुइया, कालाफाँटा, वैजापुर र लक्षमणपुर गरी साविक नौ गाविस पर्छन् ।

सिँचाइ सुविधा नपुग्दा बाँकेवासीको अहिलेको प्रतिव्यक्ति आम्दानी सरदर रु एक हजार ४९२ मा सीमित हुन पुग्छ । मूल नहरमा पानी छाड्दा जमीनमा सिँचाइ सुविधा पुगी प्रतिव्यक्ति रु दुई हजार ५६५ पुग्छ । बाँके जिल्लाका ४६ हजार ७१५ घरधुरीका चार लाख ४९ हजार ५८८ जनसङ्ख्याको जीवनको आधार कृषि नै रहेको छ ।

किसानका लागि बहुप्रतीक्षित र मुलुकको राष्ट्रिय गौरवको आयोजना प्रदेश नं ५ अन्तर्गतको बाँके जिल्लामा निर्माण भइरहेको छ । अन्नको भण्डार बाँके जिल्लामा उत्पादनका लागि अहिले सिंँचाइ नै मुख्य आवश्यकता रहेको छ ।

यसअघि आयोजनाको सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको अध्यक्षतामा गठित समितिले पछिल्लो अवस्थाका बारेमा मन्त्री वर्षमान पुनलाई गत असोज २६ गते आप्mनो प्रतिबेदन बुझाइसकेको छ । सो संसदीय समिति असोज २७ गते अनुगमन तथा निरीक्षणका लागि आयोजनास्थल पुगेको थियो ।

आयोजना प्रमुख कृष्ण नेपालले निर्माण व्यवसायी कालिका निर्माण कम्पनीसँगको हिसाबमिलान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही नीतिगत निर्णय गरिदिए आगामी जेठ महीनासम्ममा सिधनिया शाखा नहरमा पानी छाड्न सकिने जानकारी राससलाई दिनुभयो । ऊर्जा मन्त्रालयका सहसचिव तिवारी मुख्य नहरमा देखिएका प्राविधिक समस्यालाई तत्काल समाधान गरी मूल नहरमा पानी छाड्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

कालिकाले निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि आयोजना हस्तान्तरण गर्न खोज्दा सरकारले बुझ्न आलटाल गरेकाले सम्झौतानुसारको समय समाप्त भइसकेको हुँदा आफ्नो दायित्व नरहेको बताउँदै आएको छ । आयोजनाले कालिकालाई धरौटीवापतको रु १५ करोड फिर्ता गर्न बाँकी छ ।

आयोजनाको गुरुयोजना २०६३÷०६४ स्वीकृत भएको हो । आव २०७१÷०७२ मा सम्पन्न गरिसक्नुपर्ने सो आयोजनाको लागत बढ्न गई रु २५ अर्ब दुई करोड पुगेको छ । यसअघि सो आयोजनाको लागत रु १२ अर्ब ८० करोड थियो । सो क्षेत्रमा १८ हजार रोपनी जमीनमा सिँचाइ सुविधा पुग्छ । बायाँतर्फ आव २०७६÷०७७ सम्ममा नहर निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ । अझै सो क्षेत्रमा ४५ प्रतिशत निर्माण बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com