ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…


एबीसी न्यूज

बाँके, २ मङ्सिर ।  सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ ।

बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माउनुभएको हो । विसं २०७२ को महाभूकम्पमा परी उहाँका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आउनुभएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाउनुभएको हो ।

“मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हाँै”, पूर्वउपसभामुख सुवेदी भन्नुभयो ।
उहाँले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफँैले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताउनुभयो । मालतीका यसअघि दुई छोरा छन् ।
समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश नं ५ प्रदेशसभा सदस्य कृष्णा केसीले बताउनुभयो ।

उहाँले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिककर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भन्नुभयो, “बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुवैबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com