काठमाडौँ, ३० कात्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले आज शिष्टचार भेटवार्ता गर्नुभएको छ ।
गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका शरणार्थीको पुनर्वास र पुर्नस्थापनाका लागि युएनएचसीआरले गरीरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गर्नुभयो ।
उहाँले भुटानी शरणार्थीको तेस्रो मुलुकमा पुर्नस्थापना कार्यक्रम सफल भएको बताउँदै करिब एक लाख भुटानी शरणार्थीहरुलाई सो कार्यक्रममार्फत तेस्रो मुलुकमा व्यवस्थापन गरीएको बाँकी रहेका करिब ६ हजार पाँच सय भुटानी शरणार्थीहरुका सम्बन्धमा छिट्टै समाधान निस्कने विश्वँस व्यक्त गर्नुभयो ।
बाँकी रहेका भुटानी शरणार्थीहरुका सम्बन्ध विभिन्न विकल्पहरुबारे छलफल भईरहेको भन्दै सबैभन्दा स्थायी समाधान उनिहरुलाई भुटानमै फर्काउनु रहेको भन्दै त्यसका लागि छिट्टै भुटान सरकारसँग नेपालले छलफल अघि बढाउन लागेको जानकारी दिनुभयो । उहाँले शरणार्थीको अधिकारको विषयमा नेपाल सरकार गम्भिर रहेको बताउनुभयो ।
निर्देशक रातवत्तेले शरणार्थीका विषयमा नेपालले खेल्दै आएको भूमिका सराहनीय रहेको टिप्प्णी गर्नुभयो । बाँकी रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि नेपाल सरकारसँग मिलेर काम गर्न युनएनएचसिआर तयार रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्