ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीले इपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : सल्लाहकार भट्टराई


admin
कार्तिक २९, २०७५ बिहीबार  ३ : ४१ बजे

काठमाडौं,२९ कात्तिक । प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाई नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराउनु भयो ।

ईपीजीले जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदी बुझ्न ढिलाई भएको स्विकार गर्दै उहाँले अव छिट्टै बुझ्ने विश्वास व्यक्त गर्नु भएको हो ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो प्रतिवेदन बुझ्ने मिति भने तय हुन नसकेको पनि जानकारी दिनु भयो । ईपीजीका सदस्य समेत रहनु भएका भट्टराईले सो प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दावी समेत गर्नु भयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भईरहेको जानकारी दिनु भयो । उहाँले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बनाउने योजना पनि सार्वजनिक गर्नु भयो ।

भारत–चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com