
काठमाडौं, २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताउनुभएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको बताउनुभएको हो ।
कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएका उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले स्थानीय तहमा कर्मचारी नजादा जनताले दुःख पाएको स्मरण गर्नुभयो । प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गरी नया“ कर्मचारी भर्ती गरेर भए पनि कर्मचारीको अभाव हटाउनुपर्नेमा उहाँको जोड छ ।
अध्यक्ष्ँ प्रचण्डले नेपालमा २००७ देखि ६२-६३ सम्म जतिसुकै व्यवस्था बदल्न खोजे पनि राजाका पालामा तालिम लिएका हाकिमहरूले जनताको काम हुनै नदिएको दावी गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्